सोमवार, बैशाख १७, २०८१

अविरल वर्षापछि रामेछापमा बाढी पहिरोको प्रकोप , परीक्षा दिन गएका विद्यार्थी समेत बगाए

  काठमाडौं बैशाख ३१,   रामेछापमा अविरल वर्षापछि आएको बाढीका कारण वस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित हुनुको अलावा परीक्षा दिन गएका विद्यार्थी समेतलाइ बगाएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविमा कक्षा ११ को परिक्षा दिन गएका १५ जना बगाएकोमा ९ जनाको उद्धार गरेको र तिन जना घाईते भएको जिल्ला प्रहरी कार्यलय प्रमुख डिएसपी अरमेन्द्र सिंहलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 उता, सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–दोभान सडक खण्ड अवरुद्ध भएको छ । सकड अवरुद्ध हुँदा यातायात आवागमन रोकिएपछि यात्रुहरु मर्कामा पर्नुको  अलावा ठाउँमासडकमा पहिरो खसेपछि आज बिहानैदेखि यातायात सेवा समेत अवरुद्ध भएको जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।