सोमवार, बैशाख १७, २०८१

काष्ठमण्डप पुनर्निर्माणको काम सुरु ,पुनर्निमाण २ बर्षभित्र सक्ने लक्ष्य

विष्णु विष्ट
काठमाडौं बैशाख ३१,  २०७२ बैशाख १२ को महाभूकम्पबाट भग्नावशेषमा परिणत राजधानीको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डपको पुनर्निर्माणको काम आजबाट सुभारम्भ भएको छ ।   

महाभूकम्पको लामो समय पछि सुरु भएको पुनर्निर्माणको आज काष्ठमण्डपपरिसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको उपस्थितिमा प्रदेश सासंद राजेश् शाक्यको अध्यक्षतामा गठित निर्माण समितिले क्षमा पूजा सहित सुरु गरिएको हो ।

 कार्यक्रममा संस्कृतिमन्त्री रविन्द्र अधिकारी ,काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य ,संस्कृतिविद् सत्यमोहन जोशी, पुरातत्वविद लगायतका उल्लेख्य व्यक्तित्वको उपस्थितीमा सम्पन्न  उक्त कार्यक्रममा  दिईएको  जानकारी अनुसार   काष्ठमण्डको पुनर्निमाण कार्य आगामी २ बर्षभित्र सक्ने लक्ष्य निर्माण समितिको रहेको  बताईएको छ ।

  तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।