सोमवार, बैशाख १७, २०८१

गैरन्यायिक सडक विस्तारको विरोधमा राजधानीमा प्रदर्शन

  रैथाने स्थानियलाइ विस्थापित नगर्न सरकारलाई चेतावनी, उपत्यका विकास प्राधिकरणका प्रमुख तिवारीको पुत्ला दहन

काठमाडौं चैत २३ ,  गैरन्यायिक सडक विस्तारको विरोध गर्दै आज काठमाडौंका स्थानीयले राजधानीमा विरोध प्रर्दशन गरेका छन्।   प्रर्दशनको क्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीको पुत्ला दहन सहित सडक विस्तारको नाममा आदिबासीलाई विस्थापित गर्ने काम नगर्न  प्रदर्शनकारीले सरकारलाई चेतावनी दिएका छन ।
गैरन्यायिक सडक विस्तार तत्काल बन्द गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दै पीडितहरुले सरकार र प्राधिकरणका प्रमुख तिवारीविरुद्ध चर्का नाराबाजी  सहित सुरु भएको  प्रदर्शनमा सहभागी  प्रदर्शनकारीले काठमाडौंका विभिन्न भागको परिक्रमा गर्दै असन क्षेत्रमा व्यवस्थापन गरिएको कोणसभामा रूपान्तरित  भएको थियो ।  विरोध प्रदर्शनमा प्रदेश सभासद, नेतागण लगायतका विभिन्न पेशामा आवद्ध पेशाकर्मी सहित स्थानीयको बाक्लो उपस्थिती रहेको कोणसभाका वक्ताहरुले प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले सार्वजनिक कार्यक्रममा उपत्यकामा आदिवासी जनजाति नभएको  भन्ने जस्ता अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिथोल्ने खोजेको भन्दै आक्रोस अभिव्यक्त गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।