बिहिबार, बैशाख २०, २०८१

कानुन र विधीको शासनलाई संस्थागत गर्न महानगरद्दारा स्थानीय राजपत्र प्रकाशित

 काठमाडौ चैत २३,   काठमाडौ महानगरपालिकाले महानगरको आधिकारिक प्रकाशनका रुपमा स्थानीय राजपत्र प्रकाशनको शुभारम्भ गरेका छन । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज महानगरपालिकामा आयोजित एक कार्यक्रमकावीच प्रकाशित ‘स्थानीय राजपत्रको सार्वजनिक गर्नुभएको हो । साथै राजपत्र सार्वजनिक कार्यक्रलाइ सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले कानुन र विधीको शासनलाई संस्थागत गर्न महानगरको आधिकारिक राजपत्र प्रकाशन गर्न थालिएको बताउँनु भएको छ ।

 सार्वजनिक राजपत्रको माथिल्लो भागमा नेपाल सरकारको निशाना छाप, त्यसको तल क्रमशः देवनागरी लिपि र रञ्जना लिपिमा काठमाडौँ महानगरपालिका लेखिएको छ भने त्यसपछि स्थानीय राजपत्र लेखिएको छ ।

मुलत महानगरको तर्फबाट सम्पादन हुने सवैकाम कारवाही अन्र्तगत तत्काललाइ  नगरसभा सञ्चालन कार्यविधि २०७४, काठमाडौँ महानगरपालिकाको आव २०७४/ ७५ को नीति तथा कार्यक्रम, स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४, काठमाडौँ महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, २०७४, कार्यपालिकाअन्तर्गत समिति, उपसमिति, गठनसम्बन्धी कार्यविधि २०७४, विनियोजन ऐन, २०७४ र कार्यसम्पादन नियमावली, २०७४ लगायतका नितिगत निर्णय महानगरवासीको जानकारीका लागि प्रकाशित गरिएको जनाएको छ ।

त्यस्तै अव उपरान्त प्रस्तुत राजपत्रमा नगरसभाबाट पारित नीति, योजना, कार्यक्रम, बजेट, ऐन, नगर कार्यपालिकाबाट स्वीकृत नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड, निर्णय तथा प्रमुखबाट गरिएका संस्थागत तथा नीतिगत व्यवस्था समेत प्रकाशित गरिने भएको छ ।  प्रकाशित राजपत्रहरु नागरिकले महानगरको पुस्तकालयबाट खरिद गर्न सक्ने जनाउँदै १ पेजदेखि ८ पेजसम्मको मूल्य १० रुपैयाँ , ९ देखि २४ पेजसम्मको २० रुपैयाँ, २५ देखि ४० पेजसम्मको ३० रुपैयाँ, ४१ देखि ५६ पेजसम्मको मुल्य ४० रुपैयाँ, ५७ देखि ७२ पेजसम्मको ५० रुपैयाँ, ७३ देखि ९६ पेजसम्मको ७० रुपैयाँ र ९७ पेजदेखि माथि प्रति पेज १ रुपैयाँ थप मुल्य निर्धारण गरिएको छ । जस अनुसार ९८ पेजको राजपत्रलाई ७१ रुपैयाँ मूल्य पर्ने महानगरले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031