शुक्रबार, बैशाख ७, २०८१

प्रम ओली र भारतीय राष्ट्रपति र प्रमबीच आज विशेष भेटवार्ता हुने

काठमाडौं चैत २४,  भारतीयको ३ दिने राजककिय भ्रमणमा रहनु भएको प्रधानमन्त्री केपी ओली र उहाँका समकक्षी नरेन्द्र मोदीवीच आज महत्वपूर्ण भेटवार्ता गर्नुहुने भएको छ ।  भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली आज बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुनुको अलावा आजै प्रम ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग आज बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले आजै बिहान ११ बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर माल्यार्पण गरेपछि भारतीय समकक्षी प्रम मोदीबीच पहिलोे चरणमा एक्लाएक्लै र त्यसपछि सामूहिक एवं प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

प्रस्तुत भेटवार्तापछि नेपाल र भारतका उच्च अधिकारीको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलन गरिने भएको छ । समाचार स्रँेतका अनुसार आजै प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्नु कार्यक्रम समेत रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031