सोमवार, बैशाख १७, २०८१

प्रदेशसभा सदस्यहरुलाइ आज शपथ ग्रहण गराइदै

काठमाडौ माघ ७,  गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको आज शपथ ग्रहण हुने भएको छ ।  निर्वाचन सम्पन्न भएको डेढ महिनापछिसरकारले मन्त्रीपरिषदको बैठकमार्फत प्रदेश प्रमुख नियुक्त गरे संगै नवनियुक्त प्रदेश प्रमुखहरुलाइ निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएसंगै  आयोगको आग्रहमा माघ २४ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्यकाृ निर्वाचनको कार्यक्रम आजदेखि नै शुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै सम्पन्न गर्नुपर्ने कानुनी बाध्यता अनुरुप सातै प्रदेशसभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी प्रादेशिक राजधानीको सदरमुकाममा पद तथा गोपनियताको शपथ हुन लागेको हो ।

संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ ग्रहण गराउने छन् ।  राष्ट्रिय सभा सदस्यकाृनिर्वाचन कार्यतालिका अनुसार शपथ ग्रहणलगत्तै आयोगले आजै राष्ट्रिय सभा निर्वाचनका लागि आजै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने हुन्छ।

कहाँ कहाँ हुदैछ त सपथ ग्रहण ? 
प्रदेशसभा १ को शपथग्रहण कार्यक्रम विराटनगस्थित वीरेन्द्र सभागृहमा हुँने भएको छ भने प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यहरुको शपथ जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा हुँदैछ । त्यस्तै प्रदेश नम्बर ३ का सांसदहरुको शपथ मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा हुँने छ भने प्रदेश नम्बर ४ का सांसदहरुको शपथ पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रमा हुने भएको छ । त्यस्तै प्रदेश नम्बर ५ ६ र ७ का प्रदेशसभा सदस्यहरुको शपथ बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको हलमा सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा र धनगढीस्थित जिल्ला विकास समितिको सभाकक्षमा हुने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।