शुक्रबार, चैत्र १६, २०८०

दाङमा जारी आमहड्ताल गएरातिदेखि फिर्ता, स्थानीय जवजीवन क्रमस सामान्य बन्दै

 काठमाडौ माघ ७,  ५ नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै जारी आमहड्ताल गएरातिदेखि फिर्ता भएको छ । संयुक्त सर्वदलीय संघर्ष समितिको हिजो बेलुका बसेको बैठकले हाललाई बन्द र हड्तालका कार्यक्रम स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णयभएअनुरुप जारी आमहड्ताल फिर्तागर्ने सहमति भएको हो ।

 राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्नुका साथै निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिँदै केही समयका लागि बन्द र हड्तालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समिति एक विज्ञप्ति जारी गर्दै जारी आमहड्ताल फिर्ता गरेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा जारी आमहड्ताल फिर्ता भएपनि आन्दोलनका रुवरुप परिवर्तन गर्दै अब कालोझन्डा प्रदर्शन, डेलिगेसन, बिरोधसभा, रिले अनशन, धर्ना, जस्ता लाइ भने निरन्तरता दिनु उल्लेख गरिएको छ ।   त्यस्तै आमहड्ताल बन्दका कार्यक्रम रोकिएको लामो समयदेखि पूर्व पश्चिम राजमार्गत अन्तर्गत दाङको सिमा क्षेत्रमा रोकिएका सवारी साधन चल्नुको अलावा स्थानीय जवजीवन क्रमस सामान्य बन्ने तयारीमा रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।