शुक्रबार, बैशाख ७, २०८१

पार्टीमा महत्वपूर्ण योगदान दिएका व्यक्ति राष्ट्रियसभाको उम्मेदवार : काँग्रेस

  • पार्टी नेतृत्वको तिव्र आलोचना सहित काँग्रेसको जारी दुइ दिने केन्द्रीय समितिको बैठक सम्पन्न
  •  विधानको पूर्णपालना र संस्थागत निर्णयलाई अनिवार्य बनाईनुपर्नेमा जोड
  •  प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारलाई एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन पेश गर्न     निर्देशन
  • काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली काँग्रेसकै नेतृत्वमा पूरा भएको उल्लेख

काठमाडौ माघ ६ , कांग्रेसको विधानत पार्टी महाधिवेशन भएको दुई महिनाभित्रै पदाधिकारी तथा केन्द्रीय समितिलाई पूर्णता दिइसक्नुपर्छ । तर महाधिवेशन भएको दुई वर्ष बितिसक्दा समेत केहि उपलब्धि नभएको भन्दै पार्टी नेतृत्वको तिव्र आलोचना सहित काँग्रेसको जारी दुई दिने केन्द्रीय समितिको बैठक सकिएको छ । बैठक पछि पार्टी सचिव प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा समग्र बैठकको निचोड सहित विधानको पूर्णपालना र संस्थागत निर्णयलाई अनिवार्य बनाईनुपर्ने सवालमा विशेष जोड दिएको काँग्रेस केन्द्रीय समितिको बैठकले

 आसन्न राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्य समितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने निर्णय गर्नुको अलावा   केन्द्रीय कार्य समितिको निर्वाचन समीक्षा बैठकमा प्रस्तुत गर्न पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्य समितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णयसहित र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारलाई एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ ।

 संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं समृद्ध नेपाल बनाउन तीनै तहको निर्वाचन कोशेढुंगा साबित भएको जारी विज्ञप्तिमा उल्लेख गर्दै बैठकले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी पूरा गरी संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

त्यस्तै विज्ञप्तिमा काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली काँग्रेसकै नेतृत्वमा पूरा भएको उल्लेख गर्दै निकट भविष्यमा बस्ने पार्टीको महासमितिको वैठकले राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्त सञ्चार हुने गरी पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले नीतिगत र वैधानिक दिशा निर्देश गर्ने विश्वास व्यक्त गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु