सोमवार, बैशाख १७, २०८१

निलम्बित महानिर्देशक शर्मा बिरुद्ध मुद्दा दायर

काठमाडौ माघ १५ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४ करोड २९ लाख ५४ हजार १२४ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निलम्बित महानिर्देशक शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज बिगो असुल उपर गरी कारबाहीको माग गर्दै उहाँ बिरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

 आयोगका अनुसार सोही अवधिमा चल अचल सम्पत्ति एवं शेयर लगानीलगायतमा अध्ययन गर्दा रु सात करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिन आएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।