सोमवार, बैशाख १७, २०८१

राष्ट्रियसभा सदस्यमा ५ दलका दुइ दर्जन उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौ माघ १५ माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका ८२ उम्मेदवार मध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । त्यस्तै बाँकी ५६ जना चुनावी प्रतिस्पर्धामा रहेको जनाएको छ ।  यसरी निर्वाचित हुने उम्मेदवारहरुमा क्रमस एमालेको तर्फबाट उम्मेदवारी दिएका विभिन्न प्रदेशमा ९ जना नेपाली काँग्रेसको तर्फबाट ८ जना (माओवादी केन्द्रको तर्फबाट ३ जना त्यस्तैगरि सघीय समाजवादी फोरम नेपालको तर्फबाट २ जना र राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट २ जना रहेको जनाएको छ ।

एमालेको तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु :  परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, सुमनराज प्याकुरेल, कोमल ओली, मीना बुढा, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली ।

काँग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु :   रमेशजंग रायमाझी, सरिता प्रसाईं, जीतेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, प्रकाश पन्थी, अनिता देवकोटा, बद्री पाण्डे र तारादेवी भट्ट

माओवादी केन्द्रको तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यका उम्मेदवार:  वीना पोखरेल, शशीकला दाहाल र हरिराम चौधरी

फोरमका तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यका उम्मेदवार :  रामपुत पासवान र प्रमिला कुमारी

राजपाको तर्फबाट निर्वाचित राष्ट्रियसभा सदस्यका उम्मेदवार :  रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।  यसैवीच २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणासंगै बाँकी राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुलाइ आज निर्वाचन चिह्न वितरण समेत गरिएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।