सोमवार, बैशाख १७, २०८१

  मन्त्रिपरिषद् बैठक : सरकारले तोक्यो नयाँ पदीय मर्यादाक्रम ,स्याङ्जाका देवान सिंह सहित ६ जना सहीद घोषित ,नेशनल ट्रेडिङ खारेज  

 काठमाडौ माघ १५,  आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको छ ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि दिईएको जानकारी अनुसार राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोक्नुको अलावा नेशनल ट्रेडिङलाई खारेज गरी उसको चलअचल सबै सम्पत्ति राज्यको मातहतमा ल्याउने निर्णय गरेको छ ।

 त्यस्तै बैठकले सशस्त्र द्वन्द्वका क्रममा मारिएका स्याङ्जाका देवान सिंह  , देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षेत्री, नेत्रनारायण भण्डारी, रणबहादुर गुरुङ र रुद्रबहादुर गुरुङलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी अनलाइन सञ्चार माध्यम सञ्चालन निर्दे्शिकाको दोश्रो संशोधन गर्ने, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु रानीजमरा कुलरीया सिंचाई आयोजना, निलगिरी जलविद्युत् आयोजना, शिवम् सिमेण्ट उद्योग र ढाडखोला जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय बैठकले गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।