शुक्रबार, बैशाख १४, २०८१

 नव नियुक्त अध्यक्ष् पराजुलीद्वारा पदबहाली

काठमाडौं माघ ३ , न्यूनतम पारिश्रमिक निर्धारण समितिका नव नियुक्त अध्यक्ष गंगाधर पराजुलीले आज एक कार्यक्रमबीच पद बहाली गर्नुभएको छ ।   मन्त्रिपरिषद्को गत पुस २८ गतेको निर्णय अनुसार पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको हो ।

पद  वहाली कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरबहादुर राई, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य , प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायतले आगामी दिननव नियुक्त अध्यक्षबाट  आम पत्रकारको हकहितमा उल्लेखनीय काम हुने विश्वास व्यक्त गर्दै सरोकारवाला संस्थाहरुसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव सहित  सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।