शुक्रबार, चैत्र १६, २०८०

पत्रकार कैनीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

  काठमाडौं माघ २, नेपाल पत्रकार महासंघले कान्तिपुर दैनिकका गोरखा जिल्ला संवाददाता सुदीप कैनीमाथि साङ्घातिक आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्तिले एक विज्ञप्ति जारी गर्दै  समाचार संकलनका क्रममा कैनीमाथि भएको आक्रमणले प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नु भएको हो ।

त्यस्तै विज्ञप्तिमा महासंघ गोरखा शाखालाइ उदृत गर्दै उल्लेख भएअनुसार गोरखा र तनहँुको सीमानामा पर्ने मस्र्याङ्दी नदी किनारमा बिना टेण्डर बालुवा उत्खनन गरिएको समाचार संकलन गर्ने क्रममा सोमबार त्यहाँ पुगेको बेला बालुवा उत्खनन गरिरहेको समूहले पत्रकार कैनीमाथि आक्रमण भएको उल्लेख गरिएको छ ।  त्यस्तै आक्रमणबाट घाइते पत्रकार कैनीको घाँटीमा चोट लागेको भने क्यामरा र मोबाइल तोडफोड भएको छ । महासंघले पीडित पत्रकारको उपचारको व्यवस्था मिलाउन र क्षति भएको उपकरणको क्षतिपूर्ति दिलाउन सम्बन्धित पक्षसँग माग गरेको छ ।