शुक्रबार, बैशाख १४, २०८१

गेट कलेजमा बृहत् रक्तदान

काठमाडौं श्रावण २४ , गत वैशाख १२ गतृ भएको महाभूकम्पपछि औसतरुपमा हुने रक्तदानको संख्यामा आएको कमी र विभिन्न imagesसमस्याका कारण बढ्दै गएको रगत अभावलाई दृष्टिगत गर्दै ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)द्वारा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

गेटकलेजद्वारा आयोजित सातौं संस्करणको बृहत रक्तदान कार्यक्रममा कजेलमा अध्ययनरत विद्यार्थी, अध्यापक तथा कर्मचारीहरू गरी ७९ जनाले रक्तदान गर्नु भएको थियो । कलेजबाट हालसम्म ५१६ जनाले रक्तदान गरिसक्नु भएको छ । प्रायजसो वर्षामौसममा रक्तदानजस्ता कार्यक्रममा कमी आउने गरेको छ । सोही समस्यालाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसञ्चार केन्द्रका संयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको गेट कलेजले जानकारी दिएको छ ।

यसैवीच गेट कलेजमा १० औं ब्याचमा अध्ययनरत विद्यार्थीहरूका संयोजनमा कलेज परिसरमा फुड फेस्टिभलको आयोजना गरियो । पहिलो पटक सामुद्रिक डाकु (पाइरेट्स) अवधारणामा आयोजना गरिएको फुड् फेस्टिभलमा विभिन्न खाद्य परिकारका ८ वटा स्टलहरू राखिएका थिए भने मनोरञ्जन, खेलसहितका अन्य कार्यक्रमहरूको पनि आयोजना गरिएको प्राप्त समाचारमा  उल्लेख  गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।