शुक्रबार, चैत्र १६, २०८०

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महिलाको भूमिका उच्च : उपप्रम सिंह

काठमाडौ श्रावण २४,  नेपाल महिला सङ्घको ६८औँ स्थापना दिवसको अवसरमा काठमाडौँ क्षेत्र नं ७ ले आज यहाँ आयोजना गरेको एक दिने महिलाका लागि ‘क्षेत्रीय नेतृत्व विकास तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ बन्ने संविधानमा महिलाको अधिकारलाई समेटिने बताउनुभएको छ ।

काँग्रेसका महामन्त्रीसमेत रहनुभएका सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महिलाको ठूलो भूमिका रहेको चर्चा गर्दै महिलाका हक, अधिकारका निम्ति मङ्गलादेवी सिंहले महिलालाई एकीकृत गर्नका लागि गर्नु भएको योगदानको त्यस अवसरमा स्मरण गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा काठमाडौं काँग्रेसका ि सभापति एवम् सभासद् भीमसेनदास प्रधानले क्षेत्रीय नेतृत्व विकास तालिम समय सन्दर्भ भएको भन्दै अब हुन लागेको स्थानीय निकायको निर्वाचनमा यस्तो तालिमले ठूलो भूमिका खेल्ने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।