मङ्लबार, बैशाख १८, २०८१

१९ जना प्रहरी नायव उपरीक्षकहरूलाइ दर्ज्यानी चिन्ह

काठमाडौं बैशाख २,
नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरूलाइ आज एक कार्यक्रमकावीच दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी अधिकृतहरुलाइ दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएकोहो ।

गृह मन्त्रालय ९सचिवस्तर० को २०८० चैत २८ गतेको निर्णय अनुसार पदोन्नति हुने प्रहरी नायव उपरीक्षकहरूमा क्रमस निर्मल पनेरू, ऋषिराम
घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना ९उपाध्याय०, पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का रहेका छन ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो ।साथै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन निर्देशन समेत दिनुभयो ।