आइतवार, जेष्ठ ६, २०८१

आज मध्यरात्रीबाट संसद्को चालु अधिवेशन अन्त्य हुँदै

 काठमाडौं बैशाख २,

प्रतिनिधिसभाको अनजको बैठक सुरु भएको छ । तर प्रतिनिधिसभा बैठको सुरुमै उठेर विपक्षी दलका सांसदले विरोध जनाएकाले आजको कार्यसूचीमा रहेका विषय सभामुखले हटाएका छन् । त्यसपछि सभामुख देवराज घिमिरेले चालु अधिवेशनमा सम्पादन भएका कामको विवरण संसद्लाई जानकारी गराउनुभयो ।

त्यस्तै बैठकमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि लागु हुने गरी अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेकाले आजबाट संसद्को चालु अधिवेशन अन्त्य हुने जानकारी गराउँदै सभामुखले बैठक स्थगनको घोषणा गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।