मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रियसभा उपाध्यक्षका लागि घिमिरे र पुडासैनीको मनोनयन दर्ता

काठमाडौं चैत २७,

राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि आज मनोनयन दर्ता भएको छ ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरेले मनोननय दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छिन् ।

 आज मनोनयन दर्तापछि भोलि पौने १ बजे राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुने संसद सचिवालयले जनाएको छ।