-
आफु कसैको दवाव र प्रभाव नपरेको विभागका निमित्त महानिर्देशक क्षेत्रीको जनाउ
- नितिगत भन्दा पनि व्यक्ति रिझाउँने प्रवृतिगत निर्णय हुने मुलुकको औषधि सामराज्यमा कुन निर्णयले कति प्रथामिकता पाउँछ भन्ने सवाल आफैमा अनुत्तरित
- यो वा त्यो नाममा यहाँ उत्पादन भइ आएको औषधिनै आयात गर्ने वातावरण बनाउँन विभाग र मन्त्रालय लागि परेको हो भने त्यो तयारी राष्टघाती कदम : विप्लव अधिकारी केन्द्रीय सदस्य औषधि उत्पादक संघ
काठमाडौं साउन १४ , स्वास्थ्य मन्त्रालयले नेपालमा नै उत्पादन हुन सक्ने औषधिको आयातमा रोक लगाउँदै ओषधिमा आत्मा निर्भर मुलुक बनाउँन आवश्यक भएको भन्ने नेपाली औषधि उद्यमी लगायत सम्वद्ध पक्षको तर्फबाट मुखरित आवाजलाइ सम्बोधन गर्दै उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको औषधि परामर्श समितिको बैठकले नेपालमै आत्मनिर्भर भएका औषधि औषधि उत्पादनको लागि चाहिने कच्चा पदार्थको आयत वाहेक तयारी औषधिको आयातमा रोक लगाउने प्रस्ताव पास गरी मन्त्रिपरिषदमा समेत प्रस्तुत गरिएको थियो ।
त्यस्तै ओषधि सम्वद्ध उच्च स्रोतका अनुसार नेपाली औषधीको बजारमा वार्षिक ५६ प्रतिशत अर्थात वर्षेनी २७ अर्ब भन्दा बढी रकमको औषधि नेपालमा आयात हुने अवस्थाकावीच भएको यस किसिमको निर्णय अनुरुप औषधि व्यवस्था विभागका तत्कालीन महनिर्देश नारायण ढकालले अल्वेण्डाजोल, एन्टिवायोटिक एमोक्सासिलिन र एजिथ्रोमाइसिन, झाडा पखालाको लागि प्रयोग हुने मेट्रोनिडाजोल र पुर्नजलीय झोल,ग्यास्ट्रिक हुँदाप्रयोग हुने ओम्निप्राजोल, पेन्टाप्राजोल र त्यस्तैगरी प्यारासिटामोलभेट,भिटामिनजन्य औषधि,अक्सिटेट्रयासाइक्लिन,कफसिरफ,इन्जाइम,राइड्रेसन,आइबुप्रोफेन,सेट्रिजिन,इन्डोमेथासिन,डिक्लोफेन्याक,आइबुप्रोफेन,टिनिडाजोल,अल्बेन्डाजोलभेट, अक्सिक्लोनाजाइड भेट लेभामिसोल भेटसंगै ज्वरो, रुघाखोकी, दुखाइ कम गर्ने लगायतका औषधिमा नेपाल आत्मानिर्भर भइसकेको निष्कर्ष सहित औषधिको आयात आवश्यक नभएको सम्वद्ध मन्त्रालयमा सिफारिस गरेको थियो ।
विभागको प्रस्तुत निर्णयसंगै औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघ लगायतका सरोकारवाला संघसंस्थाकावीच एक किसमको शितयुद्धनै शुरु भएको थियो । तर पछि उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले समृद्ध मुलुकको लागि नेपालमा नै उत्पादन हुने औषधिको बजारीकरणका लागि आवश्यक कच्चा पर्दाथ संगै नेपालमानै उत्पादन हुन सक्ने औषधिको आयातमा कम गर्दै उत्पादन हुन नसक्ने औषधिको आयातमा गर्न सक्ने नितिगत निर्णय भएको थियो । तर नितिगत भन्दा पनि व्यक्ति रिझाउँने प्रवृतिगत निर्णय हुने मुलुकको औषधि सामराज्यमा कुन निर्णयले कति प्रथामिकता पाउँछ भन्ने सवाल आफैमा अनुत्तरित रहेको छ ।
बंगलादेशका ३ वटा , १४ वटा भारतीय कम्पनी , ३ वटा भेटनामका कम्पनी संगै युक्रेन ,जोर्डन र फिलिपिन्सका ३ वटा कम्पनी, पुराना केहि कम्पनीको समेत अडिटको भएको र हुँने क्रममा…
जसले गर्दा पछिल्लो समय राज्यको नियमक निकाय औषधि व्यवस्था विभाग विभिन्न औषधिको उत्पादन गर्ने २३ कम्पनीको जिएमपी अडिटमा जाने तयारी गर्दैछ । औषधि आयात लाइसेन्स नवीकरणका लागि गरिने प्रस्तुत अडिट संगै विभागले आफ्नै वेवसाइत मार्फत आजभन्दा ५ महिनाअघि कम्पनीको जिएमपी कमप्लाइ नभएको भन्दै नविकरण रोक्का गरेका कम्पनीको समेत औषधि आयात लाइसेन्स नवीकरण गर्ने तयारीमा सम्वद्ध तथा सरोकारवाला अधिकारी कम्मर कसेर लागि परेको विभाग सम्वद्ध उच्चस्रोतको दावी रहेको रहेको छ । एकातर्फ मुलुकलाइ औषधिमा आत्मानिर्भर बनाउँन पर्छ भन्ने नारा घन्किरहने अर्कोतर्फ औषधि आयातको वातावरण बनाउँदै नेपाली उद्यमीले उत्पादन गर्दै गरेको औषधिको समेत आयात गर्ने लाइसेन्स प्राप्त गर्न खोज्ने व्यक्तिको हितार्थ कम्पनी भिजिटको विभागमा वातावरण बनेको स्रोतको दावी रहेको छ ।
यस विषयमा औषधि उत्पादक संघका केन्द्रीय सदस्य विप्लव अधिकारीसंग मुलुक औषधिमा आत्मानिर्भरको प्रसंग उठान गर्दै गर्दा २३ वटा भन्दा बढि नयाँ तथा पूराना कम्पनीको आयात लाइसेन्स नविकरण र भिजिटका सवालमा संक्षिप्त प्रतिक्रिया लिने क्रममा उहाँले भने-नेपालमा उत्पादन हुन नसक्ने वाहेक यो वा त्यो नाममा यहाँ उत्पादन भइ आएको औषधिनै आयात गर्ने वातावरण बनाउँन विभाग र मन्त्रालय लागि परेको हो भने त्यो तयारी राष्टघाती कदम हुने बताए ।
त्यसो त यसवीचमा विभागमा ठूलो आर्थिक चलखेल सहित निमित्त महानिर्देशकको जिम्मेवारी रहेका पानवहादुर क्षेत्रीमार्फत आफु अनुकलका काम गराउँन विभागभित्र र वाहिरका केहि शक्तिकेद्र लागि परेको स्रोतको दावी अनुरुप हामीले उहाँसंग जिज्ञासा राख्दा निमित्त महानिर्देशक क्षेत्रीले भने आफु कसैको दवाव र प्रभाव नपरेको, विभागको कार्य सम्पादन गतिमा विगतको भन्दा प्रभावकारिता ल्याउँन टिमस्पिरिडमा काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता अनुरुप आफु कार्यरत रहेको बताउँदै विभागको नियमित कार्य अन्र्तगत कम्पनी भिजिट र नियमन तथा अनुगमनको क्रममा प्रस्तावित कम्पनीको सूची तयार भएको बताए ।
साथै उहाँले यसपटक विभागले बंगलादेशका ३ वटा , १४ वटा भारतीय कम्पनी , ३ वटा भेटनामका कम्पनी संगै युक्रेन ,जोर्डन र फिलिपिन्सका ३ वटा कम्पनी पुराना केहि कम्पनीको समेत अडिटको भएको र हुँने क्रममा रहेको बताए । प्राप्त जानकारी अनुसार प्रस्तुत सूचीमा उल्लेख भएको युक्रेन लगायतका कम्पनीको तर्फबट नेपाल आयात गर्न लागिएको औषधि गम्भीर प्रकतिको विरामी प्रयोग हुने र यो औषधि नेपालमा अवको लामो कालखण्डमा पनि उत्पादन हुन नसक्ने बताईएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान