बिहिबार, बैशाख १३, २०८१

तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था नभएको पूर्वानुमान महाशाखाको जनाउ

काठमाडौं साउन १४, जल तथा मौसम पूर्वानुमान महाशाखाले न्यूनचापीय रेखा अहिले नेपालको तराई भागभन्दा दक्षिणतिर पुगेका कारण मनसुनी गतिविधि कम सक्रिय रहेको जनाएको छ ।  त्यस्तै महाशाखाले न्यूनचापीय रेखा नेपालसम्म आइपुग्न अझै कहि दिन लाग्ने बताउदै रेखाको नेपाल प्रवेश नभएसम्मको अवधी तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था नभएको जनाएको छ ।

त्यस्तै महाशाखाले आज जारी गरेको ३ दिने मौसम पूर्वानुमान विश्लेषण सहितको विज्ञप्तिमा देशभर सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको जनाउँदै साउन १४ गते मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना औल्याएको छ ।

त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको जनाएके छ भने आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै मनसूनको समयमा दिनहुँ वर्षा हुँदा पहाडी भूभागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।