कहिले मिडिया विधेयक त कहिले गुठी विधेयकको नाममा जनतामाथि एकतर्फी दमन कहिले सम्म ? सत्तारुढदलकै नेताबाट गुठीसम्बन्धी विधेयकको विरोध
काठमाडौं जेठ २८ ,सरकारले मुलुकमा सनातनकाल देखि चल्दै आएको गुठीगाना धर्म संस्कृति लगायतका यावत धार्मिक परम्पराको मार्मिकता एवम् महत्वमाथिनै धावा वोल्दै एकतर्फीरुपमा ल्याएको गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को विरुद्ध सम्वद्ध एवम सरोकारवाला तथा नागरिक समाजले विमति जनाइ शुरु गरको सडक सघर्षले संघीय संसद समेत तरङ्गित भएको छ ।
सडक देखि सदनसम्म विधेयक विरुद्ध आवाज बुलन्द हुँदै गर्दा समेत सरकार भने संवाद र सहमतिमा आउँनुको अलावा विधेयक प्रति विमति जनाउँदै आन्दोलनमा उत्रेका प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै सघर्षलाइ निस्तेज बनाउँने अभियानमा लागेका छन । गुठीगाना सम्वद्ध समुहले आफ्नो शान्तिपूर्ण आन्दोलनमा सरकारले नियोजित रुपमा बल प्रयोग गरि दमनको निती अख्तियार गरेको बताउँदै पछिल्लो समय सरकार यो वा त्यो नाममा अराजकता उन्मुख भएको आरोप लगाएका छन ।
यसैवीच पछिल्लो समय सडकमा मात्र नभइ सदनमा समेत प्रमुख प्रतिपक्षदल नेपालीकाँग्रेसले मात्र नभइ सत्तारुढ दलका वरिष्ठ नेता भीम रावलले समेत गुठीसम्बन्धी विधेयकको विरोध गरेका छन । नेता रावलले मंगलबार कुनै देशलाई समाप्त गर्नुछ भने त्यहाँको भाषा, संस्कृति, जीवनपद्धति र सामाजिक सद्भाव समाप्त गरिदिए पुग्छ भन्ने भनाइप्रति ध्यान दिनु बुद्धिमानी हुन्छ,’ रावलले ट्वीट गर्दै विधेयकको विरोध गर्नुभएको छ ।
त्यस्तै सोमवार संघीय संदको बैठकमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले माइतीघर मण्डलामा गुठी विधेयकको विरोध र धर्म संस्कृतिको संरक्षणको माग गर्दै संविधानबमोजिम शान्तिपूर्ण विरोध प्रदर्शन गर्दै गरेका नागरिकमाथि बल प्रयोग भएकोमा आपत्ती प्रकट गर्दै सरकारको ध्यानाकर्षण सहित विधेयकका विषयमा अभिमत व्यक्त गर्नु भएको थियो । तर सरोकारवाला मन्त्रालयको जिम्मेवारीमा रहनु भएका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताउँदै गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल रहेको दावी गरेकी छिन ।
यसैवीच युवा राजनैतिक विश्लेषक ललितध्वज खड्काले हामीसंगको कुराकानीको क्रममा भने समृद्ध मुलुक सुखी नेपालीको लक्ष्य वोकेका वर्तमान नेकपाको सरकारले एक पछि अर्को गर्दै नागरिक समाज माथि धावा वोल्ने काम लाइ रुृखलाववद्ध र नियोजित प्रारुपमा बढावा दिएको बताउँदै सरकारको यहि रवैया रहने हो भने समृद्ध मुलुक सुखी नेपालीको लक्ष्य समेत नामेट हुने बताउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको क्याविनेका मन्त्रीहरुले कहिले मिडिया विधेयक त कहिले गुठी विधेयकको नाममा जनताको नजरमा राज्य सरकारको छवीलाइ धुमिल बनाउँने प्रयास जारी राखेको जिकिर गर्नु भएको छ ।
साथै उहाँले नियोजित प्रयासका कारण एकातर्फ राज्य सरकारविरुद्ध सञ्चार जगत अर्को तर्फ गुठीगाना सम्वद्ध सरोकारवाला चिडिएको बताउँदै विश्लेषक खड्काले वर्तमन सरकारका विभागीय मन्त्रीहरुले भूमाफिया र विभिन्न अदृश्य शक्तिकेन्द्रको इशारामा जनतामाथि एकतर्फी दमन गर्न लागि परेको बताउँनु भएको छ ।
यदि त्यस्तो नहुँदो हो त प्रस्तावित लक्ष्य अनुरुप जनताको भावना अनुरुप सहज र सरल रुपमा समृद्ध मुलुक सुखी नेपालीको अवधारणा कार्यान्वयन गर्न लागि पर्नु राम्रो हुन्थ्यो । तर मुलुकमा नाराको लागि नारा दिदै जनतामाथि दमनको निती हिजो पनि सफल हुन सकेको थिएन, आज पनि हुन्न र भोलीका दिनमा त किमार्थ संभावना न्यून रहेको बताए । साथै उहाँले सरकारको यहि रवैयाका कारण सरकार पतन उन्मुख भएको समेत बताए ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान