काठमाडौं माघ १५, उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा.गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन्।
नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन्। उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ। केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा.प्रमेश श्रेष्ठले जानकारी दिए। केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ। सुत्न अप्ठेरो भएको छ। मुटुको धड्कनमा उतारचढाव आइरहेको छ। शरीरमा पोटासियम अत्यन्त न्यून छ। ‘यस्तो अवस्थामा मुटुको चालमा गडबडी हुने संभावना हुन्छ,’ श्रेष्ठले भने।
रगत पातलो पार्ने र मुटुको समस्या रोक्ने दुई किसिमको औषधी दिन खोजिएको थियो। तर उनले नमानेका केसीका भाइ किशोरले बताए। प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक स्वेतरक्त कोष घट्दै गएको छ। ‘डब्लुबीसी निकै कम छ। उहाँको जुनसुकै अंगमा संक्रमण हुन सक्ने जोखिम छ,’ श्रेष्ठले भने। गणेशमानसिंह भवनको साधारण शैयामा छन् केसी। पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो।
अनशन नगर्न अपिल : डा केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकले सामूहिक रिले अनशन सुरु गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा सोमबारदेखि गणेशमान सिंह भवनको प्राङ्गणमा अनशन जारी छ। अस्पतालले भने उनीहरुलाई अनशन नबस्न अपिल गरेको छ। यसप्रति गम्भीर ध्यानाकर्षण भएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा। डा. प्रेमकृष्ण खड्गाले जनाएका छन्।
अस्पतालमा कुनै धर्ना, विरोध, बन्द, हड्तालको कार्यक्रम नराखिदिन र मुलुकको ऐननियम एवं चिकित्सकीय नैतिक दायित्वअनुरुप नियमित सेवा प्रदान गर्न उनले अपिल गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरु गरेको विरोध कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रिले अनशन बसेका चिकित्सकविरुद्ध सोमबार दिउँसो केही व्यक्ति मुठभेडमा उत्रिन थालेपछि प्रहरी संख्या बढाइएको छ। अन्नपूर्णपोष्टबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान