शुक्रबार, चैत्र १६, २०८०

अनुसन्धान निकायकै घुसखोरी कर्मचारी  पक्राउ

काठमाडौं माघ १४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा आयोगमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।

आयोग प्रवक्ता रामेश्वर दंगालद्दारा जारी विज्ञप्तिमा आयोगको , सुर्खेत कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारी लाइ आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखिदिने भन्दै एक सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस माग गरेको पक्राउ गरेको हो

त्यस्तै आयोगले सहायक निरीक्षक अधिकारीलाई आइतबार बर्दिया राष्ट्रिय निकुञ्जको चेकपोस्टबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।