मङ्लबार, बैशाख १८, २०८१

महिला चेम्वरद्दारा वित्तिय साक्षरता तालिमको आयोजना

 काठमाडौं मंसिर ९, उपलब्ध आर्थिक स्रोतसाधनको प्रभावकारी र मितव्ययी उपयोग गर्दै आर्थिक वा वित्तीय क्रियाकलापमा उचित नितिगत निर्णय लिन सक्ने क्षमता अभिवद्धि गर्ने लक्ष्य सहित नेपाल महिला चेम्वरले वित्तिय साक्षरता तालिम कार्यक्रमको आयोजना गरेको छ ।

तालिम सुभारम्भको उद्घाटन सत्रलाइलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रबैकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले मुलकको समृद्धिका लागि वित्तिय साक्षरताको महत्वमाथि प्रकाश पार्दै विशेषगरि महिलाहरुमा वित्तिय साक्षरताको चेतना जागृत गराउँन प्रस्तुत तालिमको आफैमा महत्वपूर्ण भएको बताउँनु भएको छ। साथे उहाँले सम्बोधनको क्रममा वित्तिय साक्षरता सहित आफुमा निहित सीपलाइ व्यवसायमा रुपान्तरण गर्दै आफुलाइ आर्थिक नागरिकको रुपमा विकास गर्न जरुरी रहेको बताउँनु भएको छ ।

त्यस्तै नेपाल चम्वरअफकमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वित्तिय साक्षरता संगै महिलाहलाए आफ्नो व्यवसायको प्रर्वद्र्धन गर्नका लागि सरल र सहज रुपम बैङ्गिकग कर्जा प्रदान गर्नु पर्ने बताउनु भएको उक्त कार्यक्रममा  नेपाल महिला चेम्वरका अध्यक्ष डा अन्जान शाक्यले प्रस्तुत तालिमबाट महिला व्यवासायीले व्यवसायको लागि आफु अनुकुलको वातावरण निर्माणका लागि प्रभावकारी हुने विस्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपालको पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्मा उत्प्रेरक रहनु भएको प्रस्तुत तालिमा एक साय भन्दा बढि महिलाको सहभागिता रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।