शुक्रबार, चैत्र १६, २०८०

 कांग्रेसका महामन्त्री खड्काद्दारा बैठकमा विधान संशोधन मस्यौदा प्रस्तुत,  बैठक बस्दै  गर्दा मुख्यालयमा नेविसङ्घको धर्ना

 काठमाडौं मंसिर ९, नेपाली कांग्रेस केन्द्रीय समितिको बस्दै गरेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन मस्यौदा पेश गर्नुभएको छ ।

मस्यौदाका जिकिर गरिएको पदाधिकारी र संसदीय समितिको संख्याका साथै चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यतालगायतका विषयमा यसअघि बसेको बैठकमा सहमति जुट्न नसकेपछि महामन्त्री खड्काले फरक मतसहितको मस्यौदा दफावार छलफलका लागि केन्द्रीय समितिमा पेश गरेको सम्वद्ध स्रोतले जनाएको छ ।

यसैवीच नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण बनाउँन भन्दै माउ पार्टीको बैठक बस्दै गर्दा नेतृत्वलाई दवाव दिन भन्दै धर्ना दिएका छन । धर्नामा सहभागी विधार्थी नेताहरुका अनुसार पार्टीले हचुवाको भरमा संघको कार्य समितिको म्याद दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको यसअघि हुन नसकेको नेविसङ्घको १२ औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर विस्वास र्न नसकिने जिकिर गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।