बिहिबार, चैत्र १५, २०८०

नेपाल मुलकी स्कटल्याण्डकी सुन्दरीको छाडा कुकुर व्यवस्थापन गर्ने इच्छा

 काठमाडौं मंसिर ९, नेपाली मुलकी स्कटल्याण्डकी सुन्दरी गंगा थापामगरले नेपालमा छाडा कुकुको व्यवस्थापन र सरसफाइका क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन ।  काठमाडौंको सितापाइलामा जन्मिएर स्कटल्याण्डमा बसोवास गर्दै आएकी उनले नेपालका शहरी क्षेत्रमा छाडा छोडिएका कुकुको व्यवस्थापन र सरसफाइका क्षेत्रमा काम गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन ।

स्कटल्याण्डको सरकारी कार्यालयमा कानुनी सल्लाहकारका रुपमा कार्यरत उनी दुई हप्ता अघि नेपाल आएकी हुन । उनले आइतबार पत्रकारहरसँगको भेटमा नेपालमा फोहोरमैला र छाडा कुकरले सरकारलाई गिज्याइरहेको भन्दै त्यसको व्यवस्थापनमा काम गर्ने जनाएकी हुन । आगामी एकबर्ष भित्रै कामको सुरुवात गर्ने उनको योजना छ ।  नेपाली राम्रो बोल्न नसक्ने उनले भनिन, ‘मेरो जन्मघर नेपालको धेरै माया लाग्छ, नयाँ काम गरेर नयाँ संन्देश प्रभाव गर्नेछु ।’ नेपालमा पर्यटकीय क्षेत्रमा पनि अथाह सम्भावना रहेको भन्दै उनले पर्यटकीय गन्तव्यहरुमा समेत उल्लेख्य रुपमा पर्यटक आउन नसकेको जनाइन ।

लन्डन, स्कटल्याण्डलगायतका क्षेत्रमा नेपाली समुदायहरुसँग सामाजिक कार्यमा समेत सक्रिय उनले नेपाल विश्वमा नै राम्रो मुलुक भएपनि राजनीतिक अस्थिरताका कारण सिस्टममा जान नसकेकोमा दुखेसो गरिन ।  केही दिनअघि चक्रपथ सफाई अभियानको ६६ औ हप्ताको सफाइ अभियानमा समेत उनी सहभागी भएकी थिइन ।  उनी काठमाडौं, पोखरा, लुम्बीनी, पाल्पाको भ्रमण गरेर शनिबार काठमाडौं फर्किएकी हुन । सोमबार उनी स्कटल्याण्ड फर्कने उनले जानकारी दिइन

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।