मङ्लबार, बैशाख १८, २०८१

निर्मला पन्त हत्या प्रकरण : प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्ट प्रहरी सेवाबाट बर्खास्त

  काठमाडौ कार्तिक ८,  कञ्चनपुरकी १३ वर्षय किशोरी निर्मला पन्त वलात्कार पछि गरिएको हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी अधिकारीलाई सेवाबाट बर्खास्त गरेको छ । यसअघि सरकारी छानबिन समितिको प्रतिवेदनमा प्रहरी लापरवाही भएको जिकिरभएसंगै विष्ट र भट्टलाई सोधिएको थियो ।

मन्त्रालयले सोधेको स्पष्टिकरणमा निजद्दयले चित्त बुझ्दो जवाफ नदिएपछि गृह मन्त्रालयले प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को देहाय (क)को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) १ बमोजिम आज प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ति आज जारी विज्ञप्तिमा बर्खास्त गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।