शुक्रबार, बैशाख १४, २०८१

कहिँ नभएको जात्रा हाँडी गाउँमा मनाइयो

 अनुप प्रधान/काठमाडौं कार्तिक ९, 

काठमाडौंको हाँडी गाउँमा मनाइने कहिँ नभएको जात्रा विहिवार सम्पन्न भएको छ । यो जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने गरिन्छ ।देवताको खटलाई डोरीले घुमाएर जात्रा गर्छन् ।यस्तो प्रचलन कुनै पनि जात्रामा नहुने भएकाले यो जात्रालाई कहिँ नभएको जात्रा भनिएको हो ।

९ महिनामा सुत्केरी हुनु पर्नेमा सत्य युगमा एक महिलाको गर्भ १२ वर्षसम्म रहेपछि भगवान नारायणलाई खुसी पार्न कहीँ नभएको जात्रा चलाउँने वचन वद्धता पछि वाचा गरी सुत्केरी गराइएको र त्यसपछि जात्रा सुरु भएको किंवदन्ती रहेको स्थानीयले बताए ।

यद्यपि, यो जात्रा किन र कहिलेदेखि मनाउन थालियो भन्ने यकिन तथ्य कहीँ भेटिएको छैन । जात्राकाक्रममा रथलाई नगर परिक्रमा गराइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।