मङ्लबार, बैशाख १८, २०८१

भ्रष्टाचारको अभियोगमा बालविकास माविका प्रअ मल्ल र व्यवस्थापन समितिका अध्यक्ष लामा सहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौ कार्तिक ८ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिका –१ रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित ७ जनाविरुद्ध २०७४ भदौ महीनादेखि माघ महीनासम्म करीब छ महीना बिदा स्वीकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछि सो अवधिको सम्पूर्ण हाजिर एकैपटक गरी तलब बुझि भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा प्रअ मल्लले गैरकानूनीरुपमा हाजिर गरी एकैपटक रु एक लाख ६२ हजार ७५३ बराबरको तलब, भत्ता, दशैँ खर्च, सञ्चयकोष थप रकम, बीमा थप रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको अनुसन्धानबाट खुल्न आएको उल्लेख गरिएको छ ।

त्यस्तै आयोगले प्रअ मल्लको मतियार बन्दै आफ्नो क्षेत्राधिकारभन्दा बाहिर कानूनविपरीत तलबी बिदा स्वीकृत गरी मल्ललाई कसुर गर्न प्रत्यक्षरूपमा सहयोग जनाउ सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण लामा, सदस्य नानीमैया लामा, विना श्रेष्ठ, लवेन्द्रबहादुर शाही, मनोज लामा, शिक्षक प्रतिनिधि जीतेन्द्र लामा र लेखापाल विपल लामाविरुद्ध समेत मुद्दा दर्ता दायर गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।