काठमाडौ भाद्र २०, सार्वजनिक पद धारण गरेका व्यक्तिकै धेरै विषय गोप्य राख्ने गरी ल्याइएको वैयक्तिक गोपनीयताको विधेयकमाथि दर्जनौं सांसदले संशोधन प्रस्ताव राखेका छन् । उनीहरू सार्वजनिक पदधारीको सम्पत्ति, शैक्षिक योग्यता प्रमाणपत्रलगायत विवरण सार्वजनिक गर्न रोक लगाउन नहुने पक्षमा छन् । ३१ जना सांसदले एकल तथा सामूहिक गरी प्रस्तावित विधेयकको ९० वटा विषयमा संशोधन हालेका हुन् । सत्तारूढ दलकै सांसद गोपनीयताको हकका नाममा सार्वजनिक पदधारीलाई दिन खोजिएको उन्मुक्तिको विरोधमा देखिएका छन् ।
कानुन आयोगले तयार पारेको मस्यौदामा गृह मन्त्रालयले सहमति माग्दाको बखतसम्म ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्न यस कानुनले कुनै बाधा गर्नेछैन’ भन्ने उल्लेख रहेको उनले बताए । कानुनबाट गृह, मन्त्रिपरिषद्, विधेयक समिति हुँदै पुन: गृह फर्किएको उक्त मस्यौदा भदौ पहिलो साता विधेयकका रूपमा संसद्मा पेस गरिएको थियो । ‘त्यही क्रममा कुनै व्यक्ति विशेषको चाहनाले त्यस्ता विषय हटेको हुनुपर्छ,’ उनले भने । प्रस्तावित विधेयकको दफा १०(३) मा सम्बन्धित व्यक्तिको मन्जुरीबिना सम्पत्ति विवरण कसैलाई जानकारी दिन वा सार्वजनिक गराउन नपाउने प्रावधान छ । कांग्रेस सांसद गगनकुमार थापाले पनि सार्वजनिक पदधारीको सम्पत्ति विवरण प्रचलित कानुनबमोजिम सार्वजनिक गरिनुपर्ने विषय थप्नुपर्ने संशोधन हालेका छन् ।
नेकपा सांसद बिन्दा पाण्डेले संविधान तथा प्रचलित कानुनबमोजिम गठित, निर्वाचित वा मनोनीत तथा राजनीतिक दलका पदाधिकारीलाई समेत सार्वजनिक जवाफदेहीको पद भन्ने वाक्यांश थप्न प्रस्ताव गरेकी छन् । सत्तारूढ दलकै अन्य सांसदले पनि सार्वजनिक पदको व्याख्या थप गर्न अलग–अलग संशोधन प्रस्ताव गरेका छन् । तस्बिर खिच्ने सम्बन्धमा पत्रकारको दैनिक काममै बाधा पुग्ने गरी विधेयकमा आएको प्रावधानउपर पनि संशोधन परेको छ । विधेयकको दफा १६(२) मा भनिएको छ, ‘कुनै सार्वजनिक ठाउँको तस्बिर खिच्दा त्यस्तो ठाउँमा रहेको कुनै व्यक्तिको समेत तस्बिर खिचिन गएकोमा समेत त्यस्तो व्यक्तिको मन्जुरीबिना त्यस्तो तस्बिरको प्रकाशन वा सार्वजनिक गर्न वा गराउन हुँदैन ।’ कांग्रेस सांसद थापाले विधेयकमा प्रस्तावित उक्त दफा पूर्ण रूपमा हटाउन संशोधन हालेका छन् ।
त्यस्तै, दुई वा दुईभन्दा बढी व्यक्तिबीचको कुराकानी रेकर्ड गर्न नहुने प्रावधान पत्रकारमैत्री बनाउने गरी सांसद अञ्जना विशंखे र पार्वती विशुन्केले संशोधन हालेका छन् । उनीहरूले पत्रकारले सार्वजनिक चासोका विषयलाई काम–व्यवसायका सन्दर्भमा ‘टेप रेकर्ड’ गर्न सक्ने तर नितान्त व्यक्तिगत जीवनसँग सम्बन्धित विषयलाई सार्वजनिक गर्न नपाउने प्रस्ताव गरेका हुन् ।
सार्वजनिक निकायमा रहेको कुनै पनि व्यक्तिको वैयक्तिक लिखत कसैले सार्वजनिक गर्न वा गराउन नहुने विधेयकको प्रावधानउपर पनि संशोधन परेको छ । विधेयकको दफा ११(३) ले सार्वजनिक निकायमा रहेको कुनै पनि व्यक्तिको शैक्षिक प्रमाणपत्र, नागरिकता, सवारीचालक अनुमतिपत्र, बैंक खाता, धितोपत्र, लालपुर्जा, सवारीसाधनजस्ता कैयन् सामग्री सार्वजनिक गर्न रोक लगाएको छ । पूर्वमन्त्री तामाङले सहमति दिएभन्दा फरक ढंगले उक्त विषय विधेयकमा आएको बताए । आफूले सहमति दिँदा ‘सार्वजनिक पदधारण गरेका व्यक्ति तथा कानुनी व्यक्तिको विवरण प्रचलित कानुनबमोजिम सार्वजनिक गर्न यस कानुनले कुनै बाधा गर्नेछैन’ भन्ने वाक्यांश रहेको उनले उल्लेख गरे । तामाङसहित सांसद यशोदा गुरुङ, रेखा शर्मा, जयपुरी घर्ती, पूर्णाकुमारी सुवेदी, शशी श्रेष्ठसहितका कैयन् सांसदले विधेयकमा दफा ११(३) मा रहेको उक्त प्रावधान हटाउन संशोधन हालेका छन् । कान्तिपुरबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान