शनिबार, बैशाख ८, २०८१

नक्कली सुन सक्कली भन्दै बेचबिखन गर्दै हिँडिरहेका आधादर्जन अभियुक्त पक्राउ

 काठमाडौ भाद्र २०,  नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको जनाउँदै निजहरुबाट छ । दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आइतबार पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै पक्राउ परेका अभियुक्तहरुलाइ मंगलवार सार्वजनिक गर्दै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।