राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाइ राख्नका लागि सूचनादाता समूह गठन
काठमाडौं फागुन १३ , आन्नि फागु पर्वको नाममा कसैको इच्छाविपरीत रङ खेल्ने र लोला हान्ने काम गरेमा तत्काल कारबाही हुने महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । परिसरले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले १७ गते मनाइने फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार गरिएको जनाउ दिदै यदि कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न यस्तो जानकारी दिनु भएको हो । त्यस्तै होलीमा ट्राफिक नियम उल्लंघन गर्ने तथा सामाजिक आचरण विपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिने बताउँदै पर्वको नाममा ट्राफिक नियम उल्लंघन नर्गन समेत भनेको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा उहाँले राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाइ राख्नका लागि सूचनादाता समूह गठन गरेको समेत जानकारी दिनु भएको छ । सर्वसाधारणको सहभागितामा गठन गरिएको यस समुहमा २सय जना सर्वसाधारण सूचनादाताको रुपमा क्रियाशील हुने बताउँनु भएको छ ।
सूचना दाताको मुलत काम भनेको प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने आपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने रहेको र त्यसरी सूचना पदनेको नाम गोप्य राखिने र उनीहरुले दिएको सूचनाका आधारमा काम कारबाही अघि बढाइने उहाँको जिकिर रहेको थियो । साथै यसको लागि विभिन्न क्षेत्रमा कार्यरत करिब २सय युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्न अभिव्यक्त गरेको प्रतिबद्धता अनुरुप उनीहरुसँग सम्झौता प्रक्रिया अगाडि बढेको जानकारी दिनु भएको छ ।
यसैवीच जिल्ला प्रशासन कार्यालयले पनि परम्परा देखि चलि आएको फागुपूर्णिमा आगामी फागुन १७ गते बिहिबार मनाइने र उक्त पर्वलाइ मर्यादित, सरल र शान्तिपूर्ण वातावरणमा मनाउन हुन सबैमा हार्दिक अनुरोध गरिएको छ । साथै जारी सूचनामा कसैलाई स्वीकृत बेगर जबरजस्ती रङ्ग, लोला तथा अन्य यस्तै किसिमका पदार्थ हान्ने वा प्रयोग गर्ने कार्य कानूनले निषेध गरेको हुँदा कोही कसैले यस्तो कार्य गरे/ गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान