शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभा सदस्यमा मनोनित सदस्यत्रयलाइ सपथ नगराउन सर्वोच्चको आदेश

काठमाडौं फागुन १३ ,  सर्वोच्च अदालतले निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीले दायर गरेको रीटको सनवाइ गदै राष्ट्रिय सभामा मनोनित तीनजना सदस्यको सपथ तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ ।

देउवा सरकारको सिफारिस रद्द गर्दै नयाँ सरकारले आफुहरुलाइ राष्ट्रिय सभा सदस्यका लागि गरेको सिफारिस उपर आलटाल गर्दै पछिल्लो समय एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफुहरुको सिफारिस रद्ध गर्दै गरेको नयाँ सिफारिस स्वीकृत गर्दै राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित ३ जना सदस्य क्रमस डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडेलको  सपथ रोक्न अन्तरिम आदेश माग गर्दै दायर रिटको सुनवाइ गर्ने क्रममा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यस्तो आदेश दिदै फागुन २० गते दुवै पक्षलाई छलफलका अदालतमा उपस्थित हुन समेत भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।