आइतवार, बैशाख ३०, २०८१

धुलिखेलबाट ५० जनाभन्दा बढि भारतीय मजदुर प्रहरीको नियन्त्रणमा

काठमाडौं जेठ ४ , प्रहरीले सिन्धुपाल्चोकको जल्केनीस्थित विद्युत प्रशारण लाइनमा कार्यरत ५० जनाभन्दा बढि भारतीय मजदुरलाइ धुलिखेलबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कन्टेनर भ्यानमा धुलिखेल आएको अवस्थामा नित्रन्त्रणमा लिएको जनाउदै जहाँबाट आएको त्यहीँ फर्काउने तयारी भइरहेको जनाएको  छ ।

त्यस्तै पछिल्लोसमय कोभिड सक्रमणका कारण बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएपछि अहिले काभ्रेपलाञ्चोकको अरनिको र बिपी राजमार्गमा थप कडाइ सहितको चेकजाँच भइरहेको बताईएको छ।

त्यस्तै धुलिखेल अस्पतालमा पनि मृतक महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी अस्पतालको क्वारेन्टाइनमा राखी अस्पताल क्षेत्रमा थप उच्च सतर्कता अपनाइएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु