सोमवार, बैशाख १७, २०८१

थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुग्यो

काठमाडौं जेठ ४, नेपालमा कोभिड संक्रमित हुनेको संख्या २ सय ९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाउदै रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको जनाएके छ ।

मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ३६ जना निको भएर घर फर्किसकेका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।