शुक्रबार, चैत्र १६, २०८०

जारी लकडाउन लम्ब्याउन आज उच्चस्तरीय समितिको बैठक लगत्तै मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं जेठ ४ आज कोभिड रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । आज सिंहदरबारमा बस्ने समितिको बैठकले गत चैत ११ गतेदेखि मुलकमा जारी लकडाउनको विषयमा नितिगत निर्णय सहितको सिफारिस आजैब स्ने मन्त्रीपरिषदको बैठकलाइ गर्ने तयारी रहेको बुझिएको छ ।

यसवीचमा आजको बैठकले उपत्यका प्रवशे गर्ने सवै नाका सिल गर्दै उपत्यका भित्र जारी लकडाउनको स्वरुप फेर्ने सम्मको तयारी भएको सम्वद्ध स्रोतले जनाएको छ । केहिदिन अघि समितिले स्वास्थ्य विज्ञहरुसंग गरेको छलफलको निष्कर्ष अनुरुप जारी लडकउनको स्वरुपमा केहि फरबदल गर्ने योजना तय गरेको बुझिएको छ ।

प्राप्त जानकारी अनुसार संक्रमण कम देखिएका ठाँउमा केही खुकुलो र बढी देखिएका ठाँउमा थप कडाइ सहित जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाने योजना सहित जारी लकडाउनलनइ थप गनेृ कार्ययोजना तय भएको बताईएको छ ।

यद्यपी पछिल्लोसमय संक्रमणका कारण मृत्युसमेत भएको अवस्थामा सरकारले समितिको सिफारिसलाइ कसरी लिन्छ त्यो भने प्रतिक्षाको विषय भएको छ । समितिको सिफारिस लगत्तै आजै साँझ बस्ने मन्त्रीपरिषदको बैठकले थप निर्णय सार्वजनिक गर्ने भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।