सोमवार, बैशाख १७, २०८१

त्रिविले गरे सरकारी निर्देशनको अवज्ञा ,धेरै विधार्थी परीक्षा दिनबाट बन्चित, शुक्रबारबाट सबै परीक्षा स्थगित

काठमाडौ चैत ६,  त्रिभुवन विश्वविद्यालयले सरकारको निर्णयविपरीत आजका सबै परीक्षा सञ्चालन गरेको छ । बुधबार कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विहिवारबाट शुरु हुने प्रवेशिका परीक्षा संगै त्रिवि अन्र्तगतका समेत सवै परीक्षा स्थगन गर्न जारी गरेको निर्देशन विपरित त्रिविले त्यस विपरीत परीक्षा सञ्चालन गरेको छ ।

सरकारी निर्देशनको अवज्ञा गर्दै त्रिवीले सरकारले परीक्षा रोक्ने निर्णय गरेपनि कार्यकारी परिषदले निर्णय नगरी पूर्व निर्धारित परीक्षा स्थगित गर्न नमिल्ने जनाउ दिदै आज विहान र दिउँसोका लागि तय भएका सबै परीक्षा सञ्चालन गरेका कारण कतिपय परीक्षार्थीले परीक्षा स्थगन भएको भन्दै परीक्षा दिनबाट बन्चित भएका छन ।

तर आज परीक्षा सञ्चालन गरेका त्रिवीले सरकारको निर्णयअनुसार शुक्रबारदेखि हुने सवै परीक्षा भने परिषद्को निर्णय पछि स्थगित गरेको जनाएको छ । आजको परीक्षा पछि बसेको बसेको त्रिवि कार्यकारी परिषदको आकस्मिक बैठकले शुक्रबारदेखि लागू हुने गरी सबै तहको परीक्षा अर्को सूचना नआउन्जेल स्थगन गर्ने निणर्य गरेको सूचना जारी गरेका छन ।

तर त्रिविले सरकारको निर्णयविपरीत आजका भने सबै परीक्षा सञ्चालन गरेको छ । बुधबार कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आजदेखि हुने सबै परीक्षा तथा पठनपाठन रोक्ने निर्णय गरेपनि त्रिविले त्यस विपरीत परीक्षा सञ्चालन गर्दा कतिपय परीक्षार्थी परीक्षा दिनबाट बन्चित भएको भन्दै
परीक्षाथीले आक्रोस समेत व्यक्त गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।