शनिबार, बैशाख ८, २०८१

कोरोनाका सन्त्रास : उपत्यकाबाट बाहिरिने यात्रुको सख्या उल्लेख्य रुपमा बढ्यो

काठमाडौ चैत ६ , विश्वव्यापी आतंकको प्रारुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्या उल्लेख्य रुपमा बढ्यो रहेको जनाएको छ ।

महाशाखाका अनुसार विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताए । नयाँ बसपार्कमा अरुका दिनभन्दा हिजोआज घर जानके यात्रुको भीड बढ्दो रहेको जानकारी दिदै आज बिहानैदेखि काठमाडौको कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड बढ्दो रहेको जनाएका छन ।

एकातर्फ वालवच्चाको परीक्षा सकिएको अर्को तर्फ आजबाट हुने भनिएको प्रवेशिका परीक्षा स्थगन संगै कोरोना भाइरसको आतंकका कारण भएको र यात्रु हरु उपत्यका बाहिरिने सख्या वाक्लिएको अनुमान गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।