आइतवार, बैशाख १६, २०८१

उच्च अदालतले भन्यो-नेपाल ट्रष्ट र यति समुहवीच भएको जग्गा भाडा सम्झौता त्रुटिपूर्ण

काठमाडौं पुस २५ , उच्च अदालत पाटनले नेपाल ट्रष्टले यति समुहलाई जग्गा भाडामा दिने सवालमा गरेको सम्झौता त्रुटिपूर्ण भएको ठहर गरेको छ ।  अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले  दरबारमार्गस्थित नेपाल ट्रस्टको केन्द्रीय कार्यालयको जग्गामा यती समूहले निर्माण गरिरहेको भवन निर्माणको काम रोक्न अल्पकालिन अन्तरिम आदेश समेत दिएको छ ।

साथै दुवै पक्षलाई छलफलका लागि आउँदो माघ १ गते अदालतमा उपस्थित हुन आदेश जारी गर्दै मासिक ४ लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले ३० वर्षका लागि दरबारमार्ग्स्थित एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिँदा राज्यलाई पाँच अर्ब नोक्सान भएको भन्दै अधिवक्ता परिवर्तन राईले गत पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।