शुक्रबार, बैशाख ७, २०८१

प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ नै हुने

काठमाडौं पुस २५ , सत्तारुढ नेकपा ् प्रदेश ३ को संसदीय दलको बैठकले केन्द्रीय आदेश अनुरुप प्रदेश नं ३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौँडालाई नै बनाउँने प्रस्ताव एकमतले पास गराउने निर्णय गरेको छ ।

बैठकमा वोल्ने अधिकास नेकपाका प्रदेश सासंदहरुको अभिव्यक्ति पछि बैठकले संसद्मा राजधानी हेटौँडा र नाम वाग्मतीको मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको र यसमा मतदान हुँदा सवै सदस्यले आफ्नो मत जाहेर गर्ने नितिगत निर्णय भएको बताईएको छ ।

त्यस्तै हेटौँडालाई राजधानी बनाउँदा समृद्ध नेपालको अभियानमा समेत टेवा पुग्ने निष्कर्ष सहित यस्तो निर्णय भएको र बैठकको नितिगत निणर्य अनुरुपनै अव बस्ने प्रदेशसभाको बैठकबाट प्रदेश न ३ ले विधिवत प्रदेशको  र राजधानीको नाम पाउँने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु