मङ्लबार, बैशाख १८, २०८१

वैदेशिक सहयोगका लागि राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई बन्धक बनाउँनु हुँदैन : नेता रावल

काठमाडौ पुस ११,  सत्तारुढदल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व पूर्वउपप्रधानमन्त्री भीम रावलले वैदेशिक सहयोग लिँदा देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई दृष्टिगत गर्नुपर्नेमा जोड दिदै सहयोग पायो भन्दैमा राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई बन्धक बनाउँनु नहुने बताउँनु भएको छ ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा वोल्दै नोत रावलले बहुचर्चित संयुक्त राज्य अमेरिकाको मिलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको सम्झौताका कतिपय प्रावधान नेपालको हितमा नरहेको बताउँदै प्रस्तुत सहयोगको सवालमा  नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको भन्दै नेता रावलले लोकतन्त्रमा सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ । हामी जनप्रतिनिधि संसदप्रति उत्तरदायी हुनुपर्छ । उत्तरदायीविहीन क्रियाकलाप कसैले गर्छ भने त्यो राम्रो हुँदैन् । त्यो त निरंकुशवादी कदम भएको बताए ।

त्यस्तै उहाँले एमसीसी सहयोगको सम्झौतामा उल्लेखभएका कतिपय सवाल आफैमा अव्यावहारिक रहेको मात्र नभइ मुलुकको गरिमामाथिनै धावा वोल्ने प्रकृतिको रहेको भन्दै यस विषयमा सहयोग गर्ने राष्ट्र र सहयोग लिने राष्ट्रवीच समानताको आधारमा सम्झौता हुनुपर्ने यसको प्रत्येक दफाको प्रष्ट विश्लेषण हुन आवश्यक रहेको बताउनुभएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।