शनिबार, बैशाख ८, २०८१

लाइसेन्स प्राप्ति परीक्षामा अनुत्र्तीण भएका ७१ जनालाई उत्र्तीण गराउँने कार्यालय प्रमुख विरुद्ध मुद्धा दायर

काठमाडौ पुस ११ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्र्तीण भएका ७१ जनालाई उत्र्तीण भएको भनी प्रमाणपत्र दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेल सहित रुपन्देहीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार कार्यालय प्रमुख पोखरेल र रुपन्देहीका प्रहरी निरीक्षक श्रेष्ठले आपसी मिलोमतोमा चालक अनुमतिपत्रको परीक्षामा अनुत्तिर्ण परीक्षार्थीलाइ आर्थिक लाभ लिदै उत्तिर्ण बनाएको अनुसन्धानको क्रममा पाईएको उल्लेख गर्दै मुद्दा दायर गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै आयोगले आजै जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको अभियोगमा हात्तीपाइले कार्यक्रममा सञ्चालक सिनियर अहेव मीनबहादुर विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले सवारी भाडाबापत रु दुई लाख ३४ हजार बराबरको रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।