बिहिबार, चैत्र १५, २०८०

चपुरबाट काठमाडौँ आउँदै गरेको सुमो दुर्घटना ५ को मृत्यु ३ गम्भीर घाइते

काठमाडौं पुस ११, चपुरबाट काठमाडौँ आउँदै गरेको ना१ज ३४३३ नंको सुमो मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।

स्थानीय प्रहरीका अनुसार सुमोमा नौ जनायात्रु सवार रहेकोमा ३ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको जनाएको छ ।

त्यस्तै सुमो चालक हेटौँडा–१७ का अनिल विश्वकर्मा, रौतहटको माधवनारायण नगरपालिकाका जैसा साह र गरुडाका नन्दकिशोर साह तथा सर्लाहीका रञ्जित रिजाल गम्भीर घाइते भएको जनाउँदै घाइतेको यात्रुको काठमाडौँको बल्खुस्थित वयोधा अस्पताल र अन्य दुईको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।