आइतवार, बैशाख १६, २०८१

ठगी मुद्दामा पूर्व अर्थ सहायक मन्त्रीसमेत रहेका उद्योगपति डा.रुप ज्योती पक्राउ

काठमाडौं कार्तिक २२ , चर्चित उद्योगपति डा.रुप ज्योती पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहीबार साँझ पक्राउ गरेको हो । ज्योति समूहको लगानी रहेको ल्यान्डमार्क डेभलपर्सका नाममा सर्वसाधारणबाट रकम उठाएर हाउजिङ नदिएको आरोपमा गत वर्ष मंसिरमा पीडित विजेन्द्रमान श्रेष्ठले महानगरीय प्रहरी परिसर काठमाडौंमा सञ्चालक ज्योतिविरुद्ध दर्ता गरेको उजुरीको आधारमा उद्योगपति ज्योतीलाइ पक्राउ गरिएको हो ।

ज्ञात रहोस अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका रुपज्योतिलाई काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो। तर पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका रुपज्योती काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएसंगै  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेपछि उनलाई प्रहरीको खोजी सूचीमा राखेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।