शनिबार, बैशाख ८, २०८१

सरकारी मापदण्डको अवज्ञा गर्ने १५ निजि कलेजको सम्बन्धन खारेज (सूची सहित)

काठमाडौं कार्तिक २२,  सरकारले १५ निजि कलेजहरुको सम्बन्धन सहित कलेजहरुले संचालन गरेको विभिन्न स्वीकृत प्राप्त कार्यक्रम समेत हरु खारेज गरेका छन ।

सरकारी नियमको अवज्ञा गर्ने १५ कलेजको अनुमति खारेज गरिएको जनाउँदै शिक्षा मन्त्रालयमा विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले यसअघि नै निजि कलेजहरुलाई सरकारी मापदण्डमा आउन निर्देशन दिए पनि नजरअन्दाज गर्दै सरकारी नियमको अवज्ञा गर्दै आएको जानकारी दिनु भएको छ । साथै उहाँले यस्तै प्रवृतिको अन्य बाँकी कलेजको पनि क्रमस सम्बन्ध खारेज गर्दै जाने योजता तय भएको बताउँनु भएको छ ।

मन्त्रालय सम्वद्ध स्रोतका अनुसार यसरी सम्वन्धन खारेज भएका कलेजहरु समयमानै धरौटी नबुझाएको, नवीकरणका लागि आवेदन नदिएको, सरकारको सम्पर्कमा नआउँनुको अलावा सरकारी नीति अवज्ञा गर्ने निजि कलेजहरुलाई अनुमति खारेज गर्ने निर्णय गरेको जनाएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।