आइतवार, बैशाख १६, २०८१

बाढीपहिरो प्रभावित क्षेत्रका महिला र बालबालिकाको लागि राहत

काठमाडौं साउन १४,  बाढीपहिरो प्रभावित क्षेत्रका महिला र छात्राहरुलाई राहत स्वरुप महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड र बालबालिकाको लागि डाइपर सहयोग उपलब्ध गराईएको छ ।  लायन्स क्लब ठमेल युनाईटेड, लायन्स क्लब इभिजा र नेपाल राष्ट्रिय मोडलिङ संघले संयुक्त रुपमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै बुधवार चर्चित हाँस्यकलाकार जोगिन्दर पानवालामार्फत उक्त राहत सामाग्री सर्लाहीको सरस्वती उमावि हजरिया र श्री निम्न माध्यामिक बिद्यालय पिपराभित्तामा वितरण गरिने जानकारी दिईएको छ ।

त्यस्तै एक लाख नगदसहित ५० हजारको सामाग्री गुल्मी जिल्लाका पहिरो पीडितलाई पूर्व सभासद तथा कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीमार्फत वितरण गरिने जानकारी समेत त्यस अवसरमा दिईएको थियो। त्यस्तै पत्रकार सम्मेलनमा नेपाल विधार्थी संघका नेताद्दय क्षितिज भण्डारी र र अनन्त श्रेष्ठले लायन्स क्लबकोे राहत संकलन अभियानमा आफ्नो तर्फबाट ५० हजार डाईपर र प्याडको राहत उपलब्ध गराउँन पाएकोमा खुसी व्यक्त गर्दै  आफुहरुले उपलब्ध गराएको राहत सामाग्रीलाई बास्तविक पीडितसम्म पु-याई सहयोग गरिदिन आग्रह गरेका छन ।

कार्यक्रममा लाइन्स ठमेल इभिजा क्लबका अध्यक्ष रोसन कुमार झा, समाज जनरल अस्पतालकी अध्यक्ष उमा दाहाल, नेपाल राष्ट्रिय मोडलिङ संघका प्रवक्ता खगेस रन्जीतकार, अनन्त श्रेष्ठ, जोगेन्दर पानवाला, नेपाल राष्ट्रिय मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाही लगायतको उपस्थिति रहेको थियो  भने   राहत सामाग्री हस्तान्तरण पछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई सम्मान समेत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।