सोमवार, साउन ३०, २०७९

विप्लव समुहद्दारा १५ जिल्ला बन्द आव्हान: उपत्यकाको जनजीवन सामान्य

ककनी गाउँपालिका विस्फोट, हेटौंडामा आगजनी

काठमाडौं साउन १५ , नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेता कार्यकर्तामाथिको दमन, धरपकड र ज्यादतीबिरुद्ध भन्दै आज आव्हान गरेको  उपत्यकासहित १५ जिल्ला क्रमस रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, रामेछाप र दोलखा बन्दको क्रममा गएराति नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा बम विस्फोट गराएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै चन्द समूहका कार्यकर्ताले हेटौंडा -नारायणगढ सडक खण्डको ना. ५ ख १७३९ नम्बरको ट्रक र हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं सडक खण्डको हुमानेभन्ज्याङमा बा। १४ च ८२३५ नं को कारमा आगजनी गरेको बुझिएको छ । आगजनी तथा बिस्फोटको जिम्मा कसैले नलिए पनि प्रहरीले चन्द समूहका कार्यकर्ताको संलग्नता हुनसक्ने आशंका गरेको छ ।

शिक्षण संस्था बन्द रहेपनि बजार, कलकारखाना, यातायातलगायत भने निर्वाद सञ्चालनमा रहनुको अलावा उपत्यकाको जनजीवन सामान्य रहेको छ । यद्यपी बन्दको हल्लाका कारण बिहान न्यून मात्रामा सार्वजनिक सवारीसधान चलेपनि त्यसपछिका समय उल्लेख्य मात्रामा राजधानी शहरमा सवारीसधान चलेको थिए ।

यसैवीच नेपाल प्रहरीले विप्लव नेतृत्वको अखिल नेपाल महिला सङ्घकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई   पक्राउ गरेको  छ । यसअघि पार्टी केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्जसमेत रहेका माइला लामालाइ गिरफ्तार गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु