सोमवार, बैशाख १७, २०८१

आज काँग्रेसले परिमार्जित महाधिवेशन कार्यतालिकालाई अन्तिम रुप दिदै

काठमाडौं असार २१, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकले काँग्रेसको आसन्न १४ औं महाधिवेशनको परिमार्जित कार्यतालिकालाई अन्तिम रुप दिने तयारी रहेको बुझिएकोछ ।

यद्यपी कांग्रेसले १४ औं महाधिवेशनको फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

त्यस्तै आजको बैठकले सरकारले एकलौटी रुपमा गरेको संसद अधिवेशन अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका गतिविधि, कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार लगायत बिषयमा सरकारले गरिरहेको कामको पनि समिक्षा समेत गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।