सोमवार, बैशाख १७, २०८१

यसरी गरिएको छ तिजको अवसरमा पाशुपत क्षेत्रमा पशुपति दर्शनको व्यवस्थापन

काठमाडौ भाद्र १६,  पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउँने दर्शनार्थीका लागि सहजरुपमा दर्शन गर्न सकोस भन्ने अभिप्रायले चार वटा दर्शन मार्गको व्यवस्था गरेको छ ।
जसअनुसार पहिलो मार्गमा गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी उत्तर ढोकाबाट प्रवेसको व्यवस्था मिलाएकाृ छ भने जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने सहज व्यवस्थापन गरेको छ ।

त्यस्तै एयरपोर्टमार्गबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट र बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएसंगै मन्दिर दर्शनका लागि जो कोहि भक्तजनले पनि सहजता पूवर्क भगवान शिवको दर्शन गर्न सक्ने कोषले जनाएको छ ।

यसवीचमा तीजपर्वको अवसरमा पशुपति मन्दिरमा हुने महिला भक्तजनको भीडलाई सहज व्यवस्थापनको निति कोषले अख्तियार गरेको छ ।

त्यस्तै तीज पर्वकै अवसरमा सुरक्षाका लागि सादा पोशाकका प्रहरी परिचालन सहित आवश्यक सुरक्षा प्रवन्ध, स्वास्थ्य शिविर , जुत्ता–चप्पल व्यवस्थापन देखि आज विहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खाल्दै दर्शनार्थीका लागि दर्शन र चन्दन वितरणको व्यवस्था मिलाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।