सोमवार, बैशाख १७, २०८१

प्रतिनिधिसभा बैठक : ३ विधेयक पारित

काठमाडौ साउन २६, आज बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको प्रहरी समायोजन विधेयक, २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७६ र वातावरण संरक्षण विधेयक, २०७६ पारित भएको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले सदनमा निर्णयार्थ प्रस्तुत विधेयक सर्वसम्मतिबाट ती विधेयक पारित गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते अपराह्न १ बजे बस्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।